नियम २७
खाद्य पदार्थको पसल राख्ने वा थोक व्यापार गर्ने अनुज्ञापत्र
नियम २४ मा
उल्लिखित खाद्य पदार्थ पसल थापी बिक्री–वितरण गर्ने वा थोक व्यापार गर्ने वा
आयात गर्ने व्यक्तिले एकसय रुपैया“ दस्तूर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास
समिति वा नगरपालिकाबाट अनुसूची–१३ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र
अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउनु पर्नेछ ।